मुलुकमा लोकतन्त्रलाई सुदृढ गर्न गठबन्धनः अध्यक्ष ओली

भद्रपुर, २४ कात्तिक – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अन्य राजनीतिक दलसँग भएको वर्तमान गठबन्धन मुलुकमा लोकतन्त्रलाई सुदृढ बनाउनका लागि हो भन्नुभएको छ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त प्रचारप्रसार समितिद्वारा झापाको भद्रपुरस्थित सिटी गार्डेनमा आज आयोजित वामपन्थी, देशभक्त र राष्ट्रवादीको साझा उम्मेदवारलाई जिताउन गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो अध्यक्ष ओलीले देशको राष्ट्रियता, सार्वभौमसत्ता तथा स्वाधीनताको जगलाई बलियो बनाउनकै लागि प्रगतिशील विचारधारा बोकेका दलसँग गठबन्धन गरेको प्रसंग उल्लेख गर्दै उहाँले नेपाली जनताले गर्वले शिर उँचा पारेर हिँड्न र मुलुकमा तीव्रगतिमा विकास गर्न गठबन्धनका उम्मेदवारलाई निर्वाचनमा जिताउन कार्यकर्तालाई निर्देशन दिनुभयो उहाँले विविधतामा राष्ट्रिय एकताको बाटोलाई पहिल्याउन र द्वन्द्वका उद्यमीलाई परास्त गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन गरिएको बताउँदै इमान, संकल्प र प्रतिबद्धतालाई कायम राख्न वाम गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आफ्ना कार्यकर्तालाई आग्रह गर्नुभयो वाम गठबन्धनले बहुमत ल्याएर बनिने सरकारले केरुङ–काठमाडौँ–पोखरा– लुम्बिनीसम्म रेल मात्र होइन महासागरमा नेपाली जहाज पनि चल्ने व्यवस्था गरिने कुरामा जोड दिँदै अध्यक्ष ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल बनाउन तथा मुलुकमा आर्थिक वृद्धि दर १० प्रतिशत पु¥याउन वाम गठबन्धनका सबै उम्मेदवार निर्वाचित हुनुपर्ने धारणा राख्नुभयो सोही अवसरमा नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री अग्नि खरेलले अब मुलुकमा जनपक्षीय राजनीतिक शक्तिले मात्र नेतृत्व दिनसक्ने बताउनुभयो नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य रामनारायण विडारीले वाम गठबन्धनका कारण नेपाली जनता उत्साहित भएको चर्चा गर्नुभयो कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार र प्रदेशसभा ‘क’ का वसन्त बानियाँ र ‘ख’ का पूर्णसिंह राजवंशीले जनतालाई परिवर्तनको अनुभूति दिलाउन वाम गठबन्धनका सबै उम्मेदवार जित्नुपर्ने कुरामा जोड दिनुभयो प्रचारप्रसार समितिका संयोजक पुष्पराज पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले)का हरि राजवंशीले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?