चिलिमेको साधारणसभा : १५ प्रतिशत बोनस शेयर दिने

काठमाडौँ, २४ कात्तिक- चिलिमे जलविद्युत् कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभाशं र १५ प्रतिशत बोनस शेयर दिने भएको छ कम्पनीको आज यहाँ सम्पन्न २१ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले कुल ६०० मेगावाट क्षमताको आयोजना निर्माण गरेर सञ्चालनमा ल्याएपछि शेयरधनीलाई शतप्रतिशत बोनस दिने हैसियतमा पुग्ने जनाइएको छ कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत्मा कम्पनीले आगामी केही वर्षभित्र रु एक खर्ब ५० अर्ब बराबरको लगानी गर्ने बताए कुल २२ मेगावाट क्षमताको आयोजना निर्माण शुरु गरेर अगाडि बढेको कम्पनीले हाल रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजनाको कुल क्षमता २७० मेगावाट छ । यस्तै कम्पनीले निकट भविष्यमा नै करिब ६०० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत् क्षेत्रमा चिलिमे कम्पनीले कमाएको इज्जतलाई सम्मान गर्दै अगाडि जान प्राधिकरण तयार रहेको बताए । उनले कम्पनीसँग भएका आयोजनामा मात्रै नभई प्राधिकरणका अन्य आयोजनामा समेत लगानी गर्ने तयार हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?