राष्ट्रिय उद्योगलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ, २४ कात्तिक – मुलुकका उद्योगी व्यवसायीले राष्ट्रिय उद्योगलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन् नेपाल औषधि उत्पादक संघको २३ औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले राष्ट्रिय उद्योगलाई सरकारी सहयोगको जरुरी रहेको बताउनुभयो । सभामा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले राष्ट्रिय उद्योगलाई प्रवद्र्धन गरेर देशको आर्थिक समृद्धि सुनिश्चित गर्न राज्य गम्भीर भएर लाग्नुपर्ने औँल्याउनुभयो साधारणसभाले दीपक दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा नारायणबहादुर क्षेत्री, प्रथम उपाध्यक्षमा दीपक प्रधान, महासचिवमा प्रज्वलजङ्ग पाण्डे र कोषाध्यक्षमा प्रभात रुंगटा हुनुहुन्छ । नेपालमा रु २० अर्ब बराबरको औषधिको कारोबार हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?