वामपन्थीको बलियो सरकार निर्माण गर्नुपर्नेमा जोड

 काठमाडौँ, २४ कात्तिक – नेकपा (एमाले) का नेता माधवकुमार नेपालले ‘नेपाली काँग्रेसले वामपन्थी शक्तिको एकताले मुलुकमा अधिनायकवाद आउने भनेर जनतालाई फैलाएको भ्रमका पछाडि नलाग्न’ आग्रह गर्नुभएको छ कागेश्वरी मनहरा नगरपालिका–६, संयुक्त वाम गठबन्धनले आज आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले अबका जनतालाई भुक्काएर शासन गर्ने दिन नरहेकाले काँग्रेसलाई समयमै सच्चिन सुझाव दिनुभयो । वाम शक्तिको एकताबाट निर्माण हुने सरकारले एकतन्त्रीय कम्युनिष्ट शासन नभई बलियो प्रतिपक्षसहितको सरकार सञ्चालन गरिने उहाँले प्रष्ट पार्नुभयो पूर्वप्रधानमन्त्री नेपालले अब देशलाई विकसित राष्ट्रका रुपमा स्थापित गर्न आगामी मंसिरमा हुने चुनावमा वामपन्थीको बलियो सरकार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य प्रकाश गौतम, सोही क्षेत्र प्रदेश (ख) का उम्मेदवार मणिराज फुयाँल, समानुपातिक उम्मेदवार सरिता न्यौपानेलगायतले देशभर वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने गरी मतदातालाई आश्वस्त पार्न विभिन्न जनवर्गीय संगठनलाई सक्रिय रहन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?