ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक गम्भीर घाइते

लोकपथ
84
Shares

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर   दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिका– ३ का १३ वर्षीय विक्रम बस्याल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा आज बिहान मृत्यु भएको हो । 

दुर्घटनामा ट्याक्टर चालक सिरानचोक गाउँपालिका–८ जौबारीका २६ वर्षीय राजन परियार गम्भीर घाइते  भएका छन् । निजको सोही अस्पतालमा उपचार जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?