काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा सञ्चालित उच्च भूभाग खोज तथा उद्धार तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूले चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका छन् ।

तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) बाबुराम थापाको कमान्डमा ४ जना प्रशिक्षकसहित १८ प्रशिक्षार्थीले २ जना शेर्पा गाइडको सहयोगमा वैशाख २९ गते बिहानको ६ः४५ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका हुन् ।

सो टोली वैशाख २७ गते मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका– ३ चुुलुबाट त्यसतर्फ प्रस्थान गरेको थियो भने वैशाख २८ गते राति ११ बजेबाट हिमाल आरोहण सुरु गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया