प्राइम बैंकको नाफा बढ्यो

काठमाडौं, २४ कात्तिक— प्राइम कमर्सियल बैंकको नाफा बढेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाशिकमा नाफा बढाएर ३४ करोड १७ लाख पुर्याएको छ । जवकी अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा २५ करोड १० लाखमा सीमित थियो बैंकले समीक्षा अवधिमा १० करोड ३१ लाख जोखिम व्यवस्थापनबाट राइट ब्याक गरेको छ अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३८ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर समीक्षा अवधिमा ४५ करोड १५ लाख पुगेको पनि बैंकले जनाएको छ समीक्षा अवधिमा बैंकले ६८ अर्ब ५९ करोड निक्षेप संकलन गरी ५९ अर्ब ३ करोड कर्जा परिचालन गरेको छ जवकी अघिल्लो वर्ष यही अवधिमा ५२ अर्ब ४१ करोड निक्षेप संकलन गरी ४२ अर्ब ३४ करोड कर्जा परिचालन गरेको थियो बैंकले जगेडाकोषलाई पनि निकै मजबुत बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?