नुवाकोटमा वाम गठबन्धनले हार्ने देखिएपछि अनौंठो रोइलो

काठमाडौं, २४ कात्तिक— पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै नुवाकोटमा चुवावी माहोल थप तातिदै गएको छ कात्तिक ५ गते उम्मेदवारी दर्ता गरेर निर्वाचन प्रचारमा होमिएका दलहरु यतिबेला पनि मत माग्न र मतदातालाई आफ्नो पक्षमा पार्ने रस्साकस्सीमा रहेका छन् यही क्रममा कांग्रेस र वामगठबन्धन अहिले जोडतोडले जनताको बस्तीमा चाहरिरहेका छन् । एमाले र माओवादी केन्द्रको गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा होमिएको भएपनि नेपाली कांग्रेसको पक्षमा जनमत देखिएको बताइएको छ दुई पार्टी मिल्दापनि कांग्रेसकै पक्षमा पल्ला भारी देखिएपनि यतिबेला नुवाकोटको वामगठबन्धनमा खैलाबैला नै मच्चिएको छ । खैलाबैलामात्रै होइन, कांग्रेसलाई कसरी गलाउन सकिन्छ भनेर गठबन्धनका नेताहरु गलत प्रचारमा नै लागिपरेका छन् स्थानीयका अनुसार वाम गठबन्धनले कांग्रेसले चुनाव प्रभावित पार्न लागिपरेको आरोप लगाएका छन् । तर, उनीहरुको आरोपमा त तथ्य छ न त आधार नै लामो समयदेखि तारकेश्वर क्षेत्रमा सामाजिक काममा सक्रिय समाजसेवी तथा स्थानीय शिव अधिकारीले बुधबार महिला सशक्तिकरणका लागि गर्दै आएको सहयोगलाई निरन्तरता दिँदासमेत वाम गठबन्धनले विरोध गरेको छ । उनीहरुले चुनाव प्रभावित पार्नका लागि महिलालाई सहयोग गरेको आरोप लगाएका हुन् तर अधिकारीले आफूले विगतमा गर्दै आएको सहयोगलाई निरन्तरता मात्र दिएको भन्दै यसमा कसैले राजनीतिक रंग दिन नहुने बताएका छन् । अधिकारीले तारकेश्वरमा शिक्षा, स्वास्थ्य, महिला सुदृद्धिकरण र सशक्तिकरणमा योगदान दिँदै आएका छन् । वाम गठबन्धनबाट विरोध हुँदै गर्दा स्थानीयहरुबीच भने दुई पार्टी मिल्दा पनि कांग्रेसलाई हराउन नसकिने देखिएपछि पोखिएको कुण्ठा भनि टिप्पणी गरेका छन् यतिमात्रै होइन, कांग्रेसको बदनाम गराउन केहि माओवादी र एमालेको टीम नै बनाइएको स्रोत बताउँछ । उनीहरुकै योजनामा विभिन्न प्रयोजित समाचार नै आफू निकटका सञ्चारमाध्यममार्फत प्रभाहित गर्ने गरेको बताइन्छ त्यही उद्देश्यअनुसार कांग्रेस नेता तथा क्षेत्र नम्बर १ का उम्मेदवार रामशरण महतले निर्वाचन प्रचारमा सुुरक्षाकर्मीको प्रयोग गरेको भन्दै प्रोपोगाण्डा फैलाइयो । जवकी उनको प्रचार सामग्री टाँस्नेमा सुरक्षाकर्मी नभई सशस्त्र प्रहरीको जस्तो पोशाक लगाउने कांग्रेस कार्यकर्ता नै भएको बताइन्छ यसो त जनप्रतिनिधिले दुर्गम स्थानमा पर्ने दुप्चेश्वर गाँउपालिकाको घ्याङफेदिमा हेलिकप्टरमार्फत २५ के भीकोको ट्रन्सफर्मर लैजाँदासमेत विरोध गर्ने प्रयास गरेका छन् तर, त्यो प्रक्रियागत काम भएको गाँउपालिका अध्यक्ष योबिन्द्र सिंह तामाङले बताए यी दृष्टान्तलाई हेर्दा नुवाकोटमा वाम गठबन्धन हतास मनस्थितिमा रहेको बताइएको छ । उनीहरु अहिले कसरी कांग्रेसलाई बदनाम गर्ने र आफ्नो पक्षमा माहोल बनाउने भन्नेमा तल्ल्ीन रहेको स्वयम् वाम गठबन्धनका एक प्रभावशाली नेताले नाम उल्लेख नगर्ने सर्तमा बताए त्यसैले त उनीहरुले अहिले श्रृंखलाबद्ध रुपमा कांग्रेसमाथि प्रहारको नीति बनाएको बताइएको छ वाम गठबन्धनले जति प्रहार गरेपनि असली लोकतन्त्रको बहाक कांग्रेस नै रहेको र त्यसमाथि राष्ट्रिय व्यक्तित्वसमेत भएका कांग्रेस उम्मेदवारलाई जिताउनु पर्ने भन्दै सोहि मनस्थितिमा रहेको पाइएको छ नुवाकोटमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा रामशरण महत र क्षेत्र नम्बर २ मा अर्जुन नरसिंह केसी उम्मेदवार रहेका छन् क्षेत्र नम्बर २ स्थित बिदूरका एक जनप्रतिनिधिले भने— यो पटक कांग्रेसका प्रभावशाली व्यक्तित्व अर्जुन नरसिंह केसीलाई जिताउनुको विकल्प छैन । जिल्लामा समेत नरुचाइएका नारायण खतिवडा जस्तालाई जिताएर यहाँ न विकास हुन्छ न केहि यसमा हामी सचेत छौं यसो त रामशरणको पक्षमा भने झन् राम्रो माहोल रहेको बताइन्छ । माओवादी प्रभाव रहेको २०६४ सालको संविधाससभामा समेत जित हासिल गर्ने उनलाई अहिले त झन् जित निकाल्न सहज रहेको बताइएको छ वाम गठबन्धन स्थानीय तहमा दुई पार्टीले प्राप्त गरेको भोट गरेर अहम् पाल्दै गरेको अवस्थामा कांग्रेस भने आफ्नो चुनावी प्रचारअभियानलाई तीब्र पार्दै अघि बढिरहेका छन् । जनमत बुझ्दा स्थानीय तहमा प्राप्त दलीय मत व्यापक फेरबदल हुने र जसकै कारण चुनावमा कसैले हराउन नसक्ने भन्दै हिँडिरहेका बाम गठबन्धनलाई धक्का लाग्ने निश्चित रहेको छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?