काठमाडौं । छहारी र ओमकार ब्राण्डको सूर्यमुखी तेल उत्पादन गर्ने ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन् ।
सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखेर प्याकेजिङ तथा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा तेलको प्याकेटमा उल्लेख गरिएको तौलभन्दा कम परिमाण फेला परेको थियो ।
घटनाबारे थप अनुसन्धानका लागि श्रेष्ठलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया