वित्तीय क्षेत्रमा हुने बैंकिङ कसूर रोक्न धितोपत्र बोर्ड र राष्ट्र बैंकबीच सम्झौता

काठमाडौं, २४ कात्तिक । राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबीच एकआपसमा सूचना–आदान प्रदान गर्ने सहमती भएको छ वित्तीय क्षेत्रमा हुने बैंकिङ कसूर लगायतका गलत कार्य तथा धितोपत्रको भित्री कारोबार लगायत अन्य भिन्नभिन्न कसूरका कारण हुनसक्ने वित्तीय घटना रोक्न समेत यो सम्झौताले सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ धितोपत्र बोर्डले धितोपत्र बजार नियामक निकायहरुको अन्तर्राष्ट्रिय संस्था आइओएससीओको साधारण सदस्य हुन अनुसन्धान लगायतका कार्यको लागि बैंकिङ अभिलेखमा समेत पहुँच हुनुपर्ने प्रावधान पुरा गर्न राष्ट्र बैंकसँग यस्तो सम्झौता गरेको हो बोर्ड हाल आइओएससीओको एशोसिएट सदस्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?