सिंहदरबारमा रास्वपाको पूर्व बजेट छलफल, अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्री सहभागी हुने

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र  मन्त्रीबिच आज ‘पूर्व बजेट छलफल’ हुने भएको छ ।

छलफल आज दिउँसो ४ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु हुने जनाइएको छ ।

छलफलमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको सहभागिता रहने बताइएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा अगावै पूर्व बजेट छलफल आयोजना गरिएको हो ।

छलफलमा आगामी बजेटका प्राथमिकता, नीति तथा कार्यक्रम र विकास योजनाबारे प्रारम्भिक सुझाव तथा समन्वय गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?