काठमाडौं महानगरपालिका बन्यो कमिसनको अखाडा

काठमाडौं, २४ कात्तिक । काठमाडौँ महानगरपालिका यतिवेला कमिसनगिरीको अखडा बन्दै गएको सेवाग्राहहरुले गुनासो गरेका छन् भनिन्छ, स्थायी सरकार भनेका कर्मचारी हुुन् । अझ यहाँका कर्मचारी कहीपनि सरुवा नहुुने भाग्यमानीमा पर्छन् यही सरकारी नीतिमा नै रहेको छुटको फाइदा उठाउदै यहाका केही कर्मचारी लुट धन्दा मच्चाउन अभ्यस्त छन् प्रशासन विभाग र अन्य विभागिय कर्मचारीको मिलेमतो भइसकेपछि धेरै विषय मेयरले पनि पत्तो पाउदैनन् । हो यस्तै लुुट धन्दा मच्चाइरहदापनि छुट पाइरहेका छन् काठमाडौ महानगरपालिकाका केही कर्मचारीले ज्ञानेन्द्र कार्की झण्डै २७ वर्षअघि तत्कालिन काठमाडौँ नगरपालिकामा सुब्बाको हैसियदमा प्रवेश गरेका थिए । सिफारिस चल्ने समयमा एक जना राणा खान्दानको नेताको सिफारिसमा जागिर पाएका कार्की अहिले काठमाडौँ महानगरपालिकाको प्रशासन प्रमुखको रुपमा कार्यरत छन् कहिले लेखा, कहिले एरपोर्ट चुङ्गिकर त कहिले थानकोटको चुङ्गिकर उठाउने जिम्मेवारी सम्हालेका कार्की विभिन्न समयमा विवादमा तानिइरहन्छन् । अहिले महानगरपालिकामा प्रशासन विभाग प्रमुखको जिम्मेवारीमा रहेका कार्की वर्षौदेखी यही जिम्मेवारी सम्हालिरहेका छन् एउटै व्यक्तिलाई वर्षौदेखि एउटै विभागको जिम्मेवारी दिँदा त्यहा अञ्जानमा होस् वा नियतवश बदमासी अवस्य हुन्छ नै अझ सामान्य सुब्बाको जागिरबाट सरकारी सेवा प्रवेश गरेका व्यक्तिको काठमाडौको तिनकुनेमा सुविधासम्पन्न घरदेखि सिन्धुपाल्चोकको खाडीचौरमा कम्प्लेक्स निर्माण भइरहेको स्रोतको भनाई छ स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समयसम्मपनि मेयरको पनि यिनको एकल मनोमानीमा ध्यान नजानु आफैमा उदेकलाग्दो विषय हो । अझ कार्कीको इसारामा चल्ने नगर प्रहरी यतिवेला कमाउधन्दामा अभ्यस्त छ भन्ने उत्तिकै जनगुनासो रहेको छ चारजना डिएसपी रहेको महानगरमा अन्यलाई जगेडामा राखेर डिएसपी विष्णु जोशीलाईमात्र जिम्मेवारी दिएर अन्यलाई पाखा लगाउनुमा कार्कीको स्वार्थ रहेको महानगरको कर्मचारीहरु बताउछन् महानगरको फुटपात पसलदेखि, होडिङबोर्ड लगायतको अनियमित निर्माणकार्यबाट मोटो रकम कुम्ल्याउन सफल भनिएका कार्कीले एकल नेतृत्व लागू गरेको स्पष्ट देखिन्छ यसविषयमा कार्कीसँग प्रतिक्रिया लिन पटक पटक प्रयास गर्दा सम्पर्कमा आउन चाहेनन् तर, यसरी सीमित व्यक्तिको मनोमानीतर्फ कहिले जान्छ ध्यान ? प्रश्न काठमाडौँ महानगरको मेयर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?