माओवादी नेता जनार्दशन शर्मा लक्षित गरेर बम प्रहार

कात्तिक, २४ कात्तिक — आगामि मंसिरमा हुने निर्वाचनमा बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई लक्षित गरी पश्चिम रुकुममा बम प्रहार भएको छ जिल्लाको चौरजहारी नगरपालिका—८, को गोइरीमा बम प्रहार भएको हो । बम प्रहार गरिएपनि कुनै घटना भने हुन पाएन चौरजहारी उपत्यकाको चुनावी सभा, घरदैलो कार्यक्रम र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथि सुतली बम प्रहार भएको उम्मेदवार शर्माका सहयोगी बसन्त शर्माले जानकारी दिए बम कसले हानेको भन्ने पहिचान नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम –पश्चिम)का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले घटनामा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको बताए बम नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहार गरेको हुनसक्ने आशंका गरिएतापनि कुनै पुष्टि हुन सकेको छैन त्यस्तै, उम्मेदवार शर्मालाई लक्षित गरी भएको बम प्रहारको कार्यप्रति एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम –पश्चिम)ले विरोध गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?