किराँत धर्मगुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा दुई दिन बिदा

ताप्लेजुङ, २४ कात्तिक । राष्ट्रिय विभूति तथा किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका दिन ताप्लेजुङको स्थानीय तहले दुई दिन सार्वजनिक बिदा दिने भएका छन् । ताप्लेजुङको फुङ्लिङ् नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा हुने भएको छ कात्तिक २५ गते सरकारले महागुरु फाल्गुनन्द जयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र बिदा दिइने निर्णय गरेको भए पनि त्यस दिन देशैभरि सार्वजनिक बिदा दिनु पर्ने भन्दै किरात धर्म तथा साहित्य उत्थान संघले स्थानीय तहमा पत्र पठाएर विदाको माग गरेको थियो । सोहि माग अनुरुप स्थानीय तहको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानकारी दिए । आउँदो वर्षको लागि भने प्रदेश सरकारले विदा नदिए पनि स्थानीय तहको परिषद्बाट भए पनि आफुँहरुले कानुन बनाएर विदा दिने प्याकुरेलको भनाई छ त्यस्तै, संघका जिल्ला सचिव ज्ञानु फुरुम्वो चरपेले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको सम्मान दिइसकेपछि महागुरुको जन्मजयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र लक्षित गरेर सार्वजनिक बिदा दिनु उपयुक्त नभएको बताउनु भयो । उनले देशैभरि सार्वजनिक बिदाको व्यवस्था गर्न स्थानीय तहमा माग गरेको र सो दिन ताप्लेजुङका स्थानीय तहले पनि सार्वजनिक विदाको स्वीकृत गरेकाले स्थानीय सरकारको सहमत भएको वताए गत वर्षको मंसिर ३ गतेको मन्त्रिपरिषद्को निर्णयले हरेक वर्ष कात्तिक २५ गते महागुरुको जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर सरकारद्वारा सार्वजनिक गरिएका बिदाका दिनहरुको सूचीमा भने किरात धर्मावलम्बीका लागि मात्रै भनी उल्लेख गरिएको छ । यस अघि संघले विज्ञप्ति निकालेर राष्ट्रिय विभूतिको जन्मजयन्तीमा कुनै एक सम्प्रदायका लागि मात्रै भनेर उल्लेख गरिनु नहुने भन्दै सरकारको ध्यानाकर्षण गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?