काठमाडौं । झापाको बिर्तामोडस्थित ‘गन्तव्य डान्स बार’मा गए राति करिब डेढ बजेतिर दुई समूहबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।
घाइते हुनेमा झापाको मेचीनगर नगरपालिका– १ निवासी २० वर्षीय सिद्धार्थ शाही र सोही स्थानका ३० वर्षीय कर्ण राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, शाहीको टाउकोमा र राईको अनुहारमा चोट लागेको छ । दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरूको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा मेचीनगर नगरपालिका–१२ का २१ वर्षीय निशान लामा, सोही ठाउँका २२ वर्षीय प्रशान्त लिम्बु र भद्रपुर नगरपालिका ८ का २२ वर्षीय नित्य राजवंशीलाई पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।
घटनामा संलग्न भनिएका अर्जुनधारा नगरपालिकाका २० वर्षीय लाक्पा तामाङ फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया