सुधनले राजीनामा दिएपछि बालेनलाई नै गृह मन्त्रालयको जिम्मेवारी

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई नै तोकेका छन् ।

बुधबार गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिएसँगै राष्ट्रपति पौडेलले गृह मन्त्रालयको जिम्मेवारी समेत बालेनलाई तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्‌का गृह मन्त्री श्री सुधन गुरुङले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हुँदा निजले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्‌ले सम्हाल्ने गरी तोक्नुभयो,’ राष्ट्रपति कार्यालयले भनेको छ ।

विभिन्न विवादमा मुछिएपछि बुधबार गृहमन्त्रीबाट गुरुङले राजीनामा दिएका थिए । त्यसो त यसअघि बालेनले प्रधानमन्त्रीसहित रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?