काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–९ राजाबासमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिकाको डाँडाटोल बस्ने ३५ वर्षीय हरी दनुवारको रहेका छन् ।
बा. ५ ख ६१७ नम्बरको टिपरले स.१० प ४७१७ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक दुर्घटनामा गम्भीर घाइते भएका थिए ।
ठक्करबाट घाइते दनुवारको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया