उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

लोकपथ
119
Shares

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् ।

यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् ।

उपसभामुख ठाकुरले आजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन् ।

सभामुख अर्यालले उपसभामुख अर्याललाई बधाई र शुभकामना दिएको सभामुखको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?