विमानस्थलबाट २ केजी गाँजासहित भारतीय नागरिक पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ केजी अवैध लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।

सोमबार २ किलो ९६ ग्राम गाँजासहित सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक इमरान अहमेद रहेको सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी विष्णुदेव भट्टले जानकारी दिए ।

उनका अनुसार श्रीलंकाको कोलम्बोबाट UL 181 नम्बरको श्रीलंकन एयरलाईन्सको उडान मार्फत काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार रि–चेकिङ एरियामा सशस्त्र प्रहरी बल नेपालको टोलीले जाँच गर्दा उल्लेखित गाँजा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका उनलाई बरामद गाँजासहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?