प्रधानमन्त्री/मन्त्रीहरूको सम्पत्ति विवरणप्रति बाँस्कोटाको कटाक्ष

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री, मन्त्रीहरूको सुनका गरगहनासहितको सम्पत्ति विवरणलाई कटाक्ष गरेका छन् । उनले गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेको भन्दै कटाक्ष गरेका हुन् ।

देश लंका बनिसकेको टिप्पणी गर्दै पूर्वमन्त्री बाँस्कोटाले भनेका छन्, ‘आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो भयो । देश लंका बनिसकेछ । डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ ।’

उनले लेखेका छन्, ‘म झनै खुसी किन कि जहाँ कंगाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ । झिक्कै झिक्कै मया तम्लाई ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?