मकवानपुरमा मध्यरात बसले ट्रकलाई ठक्कर दिँदा ४४ जना घाइते, एकको अवस्था गम्भीर 

लोकपथ
0
Shares

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१९ पूर्व पश्चिम सडकखण्डस्थित बस्तीपुरमा गएराति बसले ट्रकलाई ठक्कर दिँदा बसमा सवार ४४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर छ । उनका दुई सन्तान पनि घाइते भएका छन् ।

सशस्त्र प्रहरीको नम्बर १४ गण मकवानपुरका अनुसार, राति अन्दाजी पौने २ बजे काठमाडौंबाट काकरभिटातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २५५६ नम्बरको यात्रुवाहक बसले पछाडिबाट सोही दिशा हुँदै जाँदै गरेको ना ७ ख ५८३८ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । 

बसमा सवार अन्दाजी ४५/५० जनामध्ये ४४ जनालाई उपचारका लागि हेटौंडा चुरेहिल अस्पताल र जिल्ला अस्पताल हेटौंडामा लगिएको थियो । घटनापछि बस, ट्रक, ट्रक चालकलाई प्रहरी चौकी नेवारपानीको नियन्त्रणमा राखिएको छ । 

घाइतेहरू

१) जिल्ला उदयपुर रौता गापा वडा नम्बर १ बस्ने अन्दाजी वर्ष २७ को प्रदीप मगर बायाँ खुट्टामा चोट । अवस्था मध्यम । 

२) जिल्ला दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर ३ कुचलडाँडा बस्ने अन्दाजी वर्ष ३४ को सागर तामाङ । टाउको र दाहिने हातमा चोट। अवस्था मध्यम 

३) जिल्ला काठमाडौं महालक्ष्मी महानगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी वर्ष ४६ को नारायणी गुरुङ । टाउकोमा चोट । अवस्था हेर्दा सामान्य देखिएको ।

४) जिल्ला मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ६ रमाटोल ३६ की यशोदा फतार । टाउकोमा चोट, अवस्था मध्यम ।

५) जिल्ला मोरङ इटहरी नपा वडा नम्बर १ बस्ने अन्दाजी वर्ष २६ को टिकाराम भट्टराई । टाउकोमा चोट, अवस्था मध्यम ।

६) जिल्ला रामेछाप दोरम्बा गाउँपालिका वडा नम्बर ६ गैरीचोक बस्ने अन्दाजी वर्ष ४९ को बाबुलाल तामाङ । टाउकोमा चोट, अवस्था मध्यम ।

७) जिल्ला लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ६ डाँडाटोल बस्ने अन्दाजी वर्ष ४३ को मदन घले । शरीरको विभिन्न भागमा बाहिरी चोट । अवस्था हेर्दा सामान्य देखिएको ।

८) ऐ ऐ बस्ने अन्दाजी वर्ष ३८ राखी घले टाउकोमा सामान्य चोट । अवस्था हेर्दा सामान्य देखिएको ।

९) जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नम्बर ८ डालीटोल बस्ने अन्दाजी वर्ष १८ की ज्योति ठाकुर । दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।

१०) ऐ  ऐ बस्ने अन्दाजी वर्ष ४० की देवकी ठाकुर । बायाँ खुट्टामा चोट, अवस्था हेर्दा सामान्य देखिएको ।

११) जिल्ला काभ्रे बेथानचोक गाउँपालिका वडा नम्बर ४ पाल्पाटोल बस्ने अन्दाजी वर्ष ३५ की रश्मिला श्रेष्ठ । नाक चोट अवस्था हेर्दा सामान्य देखिएको ।

१२) बस्ने अन्दाजी वर्ष ३५ को राजकुमार श्रेष्ठ । नाकमा चोट, अवस्था हेर्दा सामान्य देखिएको ।

१३) ऐ ऐ बस्ने अन्दाजी वर्ष ८ को रिदिन श्रेष्ठ । आँखामा चोट, अवस्था हेरेर सामान्य देखिएको ।

१४) ऐ ऐ बस्ने अन्दाजी वर्ष ४ को डियान श्रेष्ठ । अवस्था हेर्दा सामान्य देखिएको ।

१५) जिल्ला मोरङ पत्थरी सनिचरी नगरपालिका वडा नम्बर १० बस्ने राजन विश्वकर्मा । खुट्टामा चोट, अवस्था हेर्दा सामान्य देखिएको ,

१६) ऐ ऐ बस्ने अन्दाजी वर्ष ४७ की लक्ष्मी विश्वकर्मा । शरीरको विभिन्न भागमा बाहिरी चोट, अवस्था हेर्दा सामान्य देखिएको ।

१७) ऐ ऐ बस्ने अन्दाजी वर्ष ८ की अनिष्का विश्वकर्मा । शरीरको विभिन्न भागमा बाहिरी चोट, अवस्था हेर्दा सामान्य देखिएको ।

१८) जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर २ सामाखुसी बस्ने अन्दाजी वर्ष ४८ की आरती विश्वकर्मा । बायाँ खुट्टामा चोट, अवस्था हेर्दा सामान्य देखिएको ।

१९) ऐ ऐ बस्ने अन्दाजी वर्ष २६ को सौरभ विक । शरीरको विभिन्न भागमा बाहिरी चोट । अवस्था हेर्दा सामान्य देखिएको ।

२०) जिल्ला मोरङ कानेपोखरी गाउँपालिका वडा नं ६ शिव राई टोल बस्ने अन्दाजी वर्ष २९ की अञ्जना माझी  । दायाँबायाँ दुईटै खुट्टामा चोट, अवस्था हेर्दा सामान्य देखिएको ।

२१ जिल्ला पाँचथर याम्बर गाउँपालिका वडा नम्बर ४ आलमपुर बस्ने अन्दाजी वर्ष ४७ को ऋतुवर्णन कोइराला । दाहिने खुट्टामा चोट, अवस्था हेर्दा सामान्य देखिएको । 

२२) जिल्ला झापा बुद्धशान्ति गाउँपालिका वडा नं ५ आचार्य टोल बस्ने अन्दाजी वर्ष  ५४ को तेजप्रसाद आचार्य । टाउकोमा चोट, अवस्था हेर्दा मध्यम देखिएको ।

२३) जिल्ला ताप्लेजुङ शेखरजंगा गाउँपालिका वडा नम्बर ५ पेताङ बस्ने अन्दाजी वर्ष २२ को कैलाश पुडासैली । शरीरको विभिन्न भागमा बाहिरी चोट, अवस्था हेर्दा सामान्य देखिएको ।

२४) जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर १ कञ्चनटोल बस्ने अन्दाजी वर्ष २९ को सन्तोष खतिवडा । टाउकोमा चोट, अवस्था हेर्दा मध्यम देखिएको (सहचालक ) ।

२५) जिल्ला झापा बुद्धशान्ति नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी वर्ष ४८ की सीता आचार्य । बायाँ खुट्टामा चोट, अवस्था हेर्दा सामान्य देखिएको ।

२६) जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रा बस्ने अन्दाजी वर्ष ४८ को सुभाषचन्द्र बिडारी । छातीमा भित्री चोट, अवस्था हेर्दा सामान्य देखिएको ।

२७) जिल्ला मकवानपुर हेटौंडा ८ कमाने बस्ने अन्दाजी वर्ष ४० को बाबुलाल लामिछाने । दाहिने खुट्टा र टाउकोमा चोट । अवस्था हेर्दा गम्भीर देखिएको (चालक) ।

२८) जिल्ला मोरङ सनसरी नपा वडा नम्बर २ बस्ने अन्दाजी वर्ष ४४ की विद्या दाहाल । बायाँ खुट्टामा चोट। अवस्था हेर्दा सामान्य देखिएको ।

२९) जिल्ला भोजपुर, भोजपुर नपा वडा नम्बर ५ बस्ने अन्दाजी वर्ष २९ को राजन न्यौपाने । दायाँ खुट्टामा सामान्य चोट, अवस्था हेर्दा सामान्य देखिएको ।

३०) जिल्ला सुनसरी इटहरी ३ तालतलैया बस्ने अन्दाजी वर्ष ३२ की विमला भुजेल । बायाँ हातमा चोट । अवस्था हेर्दा सामान्य देखिएको ।

३१) जिल्ला इलाम चुलाचुली गापा वडा नं १ बस्ने अन्दाजी वर्ष ४० को चन्द्रबहादुर फियाक । बायाँ खुट्टामा चोट, अवस्था हेर्दा सामान्य देखिएको ।

३२) जिल्ला झापा बुद्ध शान्ति गाउँपालिका वडा नम्बर ४ बस्ने अन्दाजी वर्ष ३६ को प्रकाश लिम्बु । शरीरको विभिन्न भागमा बाहिरी चोट । अवस्था हेर्दा सामान्य देखिएको ।

३३)ऐ ऐ बस्ने  अन्दाजी वर्ष ११ को प्रणिक लिम्बू शरीरको विभिन्न भागमा बाहिरी चोट अवस्था हेर्दा सामान्य देखिएको 

३४ ) जिल्ला भोजपुर भोजपुर नपा, वडा नं ८ वर्ष ३५ को सुनिल श्रेष्ठ । दुवै खुट्टामा चोट । अवस्था हेर्दा सामान्य देखिएको ।

३५) जिल्ला सुनसरी इटहरी उमनपा वडा नं ३ सिद्धान्त टोल बस्ने अन्दाजी २३ को लीलाबहादुर तामाङ । बायाँ खुट्टामा सामान्य चोट ।

३६.जिल्ला इलाम सन्तकपुर गा.पा.२ संतकपुर बस्ने वर्ष २९ को राजेश गुरुङ  । दाहिने खुट्टा, नाकमा चोट । अवस्था सामान्य ।

३७. जिल्ला झापा बिर्तामोड न.पा. ८ बस्ने वर्ष अन्दाजी ४ को रञ्जित किस्कु । दाहिने खुट्टामा चोट, अवस्था सामान्य ।

३८. ऐ. को श्रीमती वर्ष अं. ३२ की मिना टुडु । टाउको र दुवै खुट्टामा चोट । अवस्था मध्यम ।

३९.जिल्ला धनकुटा धौबिसे गा.पा.५ बोदे टोल बस्ने वर्ष अं. २५ को प्रवीण माझी । चोटपटक नरहेको ।

४०.जिल्ला सप्तरी राजविराज न.पा.१२ दमापति टोल बस्ने अं. २६ को माधवकुमार यादव । अवस्था सामान्य ।

४१. जिल्ला सप्तरी राजविराज न.पा.का राहुल यादवकी श्रीमती अं. ३४ वर्षकी पिन्की यादव । दाहिने खुट्टामा चोट । अवस्था गम्भीर रहेको ।

४२ .निजकै छोरी वर्ष अं. १० की रिचा यादव । दुवै खुट्टामा चोट । अवस्था सामान्य ।

४३. निजकै छोरा वर्ष अं. ५ को आरव यादव । मुख र दाहिने खुट्टामा चोट, अवस्था सामान्य ।

४४. जिल्ला झापा शिवसतासि गा.पा.८ झिलझिले टोल बस्ने वर्ष अन्दाजी २१ का रोभन तामाङ । दाहिने खुट्टा र मुखमा चोट । अवस्था अवस्था सामान्य ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?