काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र रास्वपा सभापति रवि लामिछानेमाथि आलोचना गरेको भन्दै पक्राउ परेको युट्युबर रोशन पोखरेल रिहा भएका छन् ।
पोखरेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरले चैत २६ गते पक्राउ गरेको थियो ।
पोखरेलले आफ्नो युट्युब च्यानलमा प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेलाई अपशब्द समेत बोल्दै आलोचना गरेका थिए ।
उक्त भिडियो बाहिर आएसँगै पक्राउ गरिएका पोखरेललाई आइतबार परिवारको साथ लगाएर छाडिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी इन्स्पेक्टर रामचन्द्र शाहले लोकपथलाई जानकारी दिए ।
‘उहाँलाई परिवारको जिम्मा लगाउँदै हाजिरी जमानीमा छाडिएको छ,’ उनले लोकपथसँग भने ।
एकातिर उनलाई पक्राउ गरिएपछि सरकारमाथि आलोचना गरेकै आधारमा पक्राउ गरिएको भन्दै आलोचना भएको थियो । अर्कोतर्फ उनले आपत्तिजनक शब्दहरु बोलेको भन्दै सामाजिक सद्भावमा समेत खलल पुर्याएको भन्दै कारबाहीको माग समेत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया