काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित कमला खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मुत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमड रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनी चैत २८ गते साथीहरूसँग पिकनिक गएका बेला खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
घटनापछि तत्कालै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले खोजी गर्दा फेला पार्न सकेको थिएन ।
आज पुनः सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटेको गोताखोरसहितको टोलीले उनको शव फेला पारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया