काठमाडौं । भारतीय चर्चित गायिका आशा भोस्लेको निधन भएको छ । आइतबार भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उनलाई भारतको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो ।
भोस्लेको परिवारका सदस्यहरुका अनुसार उनको मुटु तथा स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि भर्ना गरिएको थियो ।
उनको भोलि (सोमबार) अन्त्येष्टी गरिने परिवारका सदस्यहरुले बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बलिउडमा भोस्लेका गीत बहुचर्चित रहेका छन् । त्यसका साथै भोस्लेले नेपालीमा गाएका गीतहरु समेत कालजयी रहेका छन् ।
स्वर्गीय भोस्ले भारतीय चलचित्रमा चर्चित गायीकाको रुपमा नाम राख्न सफल भएकी थिइन् । ७ दशकभन्दा लामो समय गीत संगीतमा बिताएकी भोस्लेले आफूलाई विश्वमा नाम राख्न सफल भएकी छिन् । हिन्दी फिल्म संगीतमा भोस्लेलाई उनकी दिदी लता मंगेसकरसँग तुलना गरिन्थ्यो ।
भोस्लेले ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘झझल्को लिएर आएछ सावन’, ‘साउने झरीमा’, ‘नयाँ नयाँ सजाऔँ है संसार’, ‘के सोचेँ मैले के भयो अहिले’, ‘किन बढ्दै छ ढुकढुकी मुटुको’, ‘पहाडको माथिमाथि’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘टाढा भइ नजाऊ कहिल्यै’ लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया