के भयो आज सुनचाँदीको मूल्य ?

लोकपथ
182
Shares

 काठमाडौं  ।  नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।

अघिल्लो  दिन २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको  सुन आज २ सय रुपैयाँले बढेर  आज २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर चार हजार ९७५ रुपैयाँ कायम भएको छ ।  शुक्रबार चार हजार ९६० मा किनबेच भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?