‘कन्टेन्ट’का नाममा प्रधानमन्त्रीलाई गाली गर्ने युट्युबर रोशन पोखरेल पक्राउ

लोकपथ
973
Shares

 काठमाडौं । युट्युबमा प्रधानमन्त्री  बालेन्द्र शाह ‘बालेन’ लगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा  एक जना पक्राउ परेका छन् ।  

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका रोशन पोखरेल रहेका छन् । 

उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पोखरेलले ‘Hades’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका थिए । उक्त च्यानलमार्फत सार्वजनिक गरिएका सामग्रीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका पोखरेलमाथि साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?