प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे के भने परराष्ट्रमन्त्री खनालले ?

लोकपथ
455
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएका छन् ।

नवौँ हिन्द महासागर सम्मेलनका क्रममा मौरिससमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सञ्चारकर्मीसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन् ।

परराष्ट्रमन्त्री खनालका अनुसार भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेन शाहलाई पठाएको बधाई सन्देशसँगै भारत भ्रमणको औपचारिक निम्तो दिएका थिए, जसलाई प्रधानमन्त्री शाहले स्वीकार गरिसकेको उनले बताए ।

‘भारतीय प्रधानमन्त्री  मोदीले दिएको निमन्त्रणालाई प्रधानमन्त्री बालेन शाहले स्वीकार गरिसक्नुभएको छ । दुई देशबीचको उच्चस्तरीय भ्रमण र द्विपक्षीय परियोजनाहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाइनेछ,‘मन्त्री खनालले भने ।

उनले चैत १३ गते पदभार ग्रहण गरेलगत्तै मोदीले बधाई सन्देशमार्फत निम्तो दिएको  जानकारी दिए ।

यसैबीच, सरकारले आगामी १० वर्षभित्र नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) दोब्बर बनाउने लक्ष्य लिएको छ । साथै नेपाललाई ‘अतिविकसित देश’ बाट ‘मध्यम आय भएको देश’मा स्तरोन्नति गर्ने योजना समेत अघि सारिएको परराष्ट्रमन्त्री खनालले बताए ।

सरकारले आर्थिक वृद्धि, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय साझेदारीलाई प्राथमिकतामा राखेर दीर्घकालीन लक्ष्य पूरा गर्ने रणनीति अघि बढाइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?