पाकिस्तान । इस्लामाबादमा आइतबार भएको अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ता कुनै ठोस सम्झौतामा नपुगी समाप्त भएको छ ।
इरानी राज्यसम्बद्ध तस्नीम समाचार एजेन्सीका अनुसार अमेरिकी पक्षका अति हस्तक्षेप र महत्वाकांक्षी मागहरूका कारण साझा समझदारी र सम्झौताको ढाँचा बन्न नसकेको हो । तस्नीमले एक संवाददातालाई उद्धृत गर्दै वार्ता केही समयअघि मात्र अन्त्य भएको जनाएको छ ।
त्यस्तै, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने इरानी पक्षले अमेरिकी सर्तहरू स्वीकार नगरेको आरोप लगाएका छन् । उनका अनुसार ती सर्तहरू धेरै लचिलो भए पनि तेहरानले परमाणु हतियार त्याग्ने स्पष्ट प्रतिबद्धता जनाउन अस्वीकार गरेको हो ।
वार्ता असफल भएपछि दुवै पक्षले एक–अर्कालाई जिम्मेवार ठहर गर्दै आरोप–प्रत्यारोप गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया