मध्य गाजाको सुरक्षा चेकपोस्टमा इजरायली हवाई आक्रमण, ६ प्यालेस्टिनीको मृत्यु

लोकपथ
91
Shares
फाइल तस्बिर

काठमाडौं । मध्य गाजाको बुरीज शरणार्थी शिविरमा रहेको प्यालेस्टिनी प्रहरी चेकपोस्टलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको छ । प्यालेस्टिनी स्रोत तथा प्रत्यक्षदर्शीहरूका अनुसार शनिबार भएको उक्त आक्रमणमा अन्य केही व्यक्ति घाइते भएका छन् ।

दिर अल–बलाहस्थित अल–अक्सा अस्पतालका चिकित्सकीय स्रोतहरूले एम्बुलेन्समार्फत कम्तीमा ६ जनाको शव र घाइतेहरूलाई अस्पताल पुर्‍याइएको जानकारी दिएका छन् ।

घटनाबारे इजरायली सेना तथा हमास दुवै पक्षले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

गाजामा हमासद्वारा सञ्चालित गृह प्रशासनले पछिल्ला महिनाहरूमा चेकपोस्टहरू स्थापना गर्दै तथा सुरक्षा संरचनाहरू पुनः सक्रिय बनाउँदै आएको छ । यसको जवाफमा इजरायली सेनाले विभिन्न क्षेत्रमा रहेका चेकपोस्ट र सुरक्षा साधनलाई लक्षित गरी आक्रमण गर्दै आएको बताइएको छ, जसका कारण पछिल्ला समय धेरैको मृत्यु र घाइते भएका घटनाहरू भएका छन् ।

अक्टोबर २०२५ देखि लागू युद्धविरामका बाबजुद पनि इजरायलले आफ्ना कारबाहीहरू सशस्त्र समूह वा सम्भावित खतरालाई लक्षित गरिएको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?