सम्पत्ति छानबिनको निर्णय म प्रधानमन्त्री हुँदा गरेको हुँ : प्रचण्ड

लोकपथ
105
Shares

 काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको  बताएका छन् । 

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पारेका हुन् । 

आफूमाथि हुने सबै छानविका लागि आफू तयार रहेको बताए । उनले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने जिकिर  गरे । 

उनले भने, ‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटि भनिसकेँ । तपाईँहरूले बुझ्नु हुन्न कि के हो ? सम्पूर्ण छानबिनका लागि म तयार छु ।’

वर्तमान सरकारको कार्यशैलीका बारेमा सोधिएको प्रश्नमा प्रचण्डले अहिले नै टिप्पणी गर्ने बेला नभएको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?