सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भारदहमा आज ग्यास लिक भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
आगलागीबाट धर्मदेव दासको जस्ताले बनेको चार कोठे घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार साहले जानकारी दिए । सो आगलागीबाट दासको तीन कोठे भान्सा घरसमेत जलेर नष्ट भएको छ ।
आगलागीमा परेर खाद्यान्न, लत्ताकपडा र फर्निचरसहित गरी अनुमानित ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बाटो साँघुरो भएकाले समयमै बारुण यन्त्र घटनास्थलसम्म पुर्याउन नसक्दा बढी क्षति भएको थियो ।
स्थानीयवासी, प्रहरी र नगरपालिकाको बारुणयन्त्रको संयुक्त प्रयासमा आगो निभाइएको थियो । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया