काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी फेरि खरानीको थुप्रोबाट उठेर निर्णायक शक्ति बन्ने दाबी गरेका छन् । उनले नयाँ वर्ष २०८३ लाई एमालेको ‘पुनर्जागरण र पुनर्गठन वर्ष’ का रूपमा मनाउने घोषणा समेत गरेका छन् ।
निर्वाचनमा पराजयपछि निराश बनेका कार्यकर्तालाई उत्साहित बनाउँदै उनले २०६४ सालमा एमाले सकियो भन्ने चर्चा भए पनि २०७० मा पार्टीले बलियो पुनरागमन गरेको स्मरण गरे ।
उनले पार्टी सत्तामुखी र केन्द्रमुखी हुँदा जनतासँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गर्दै अब ‘मिसन ग्रासरुट’ मार्फत जनताको घरदैलोमा पुग्ने रणनीति अघि बढाइने बताए ।
पोखरेलले भने, ‘२०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन देखेका थिए, इतिहास फेरि दोहोरिनेछ। हामी यो निराशालाई संकल्पमा बदल्नेछौँ, संकल्पलाई आशामा बदल्नेछौँ ।’
उनले नेकपा एमाले लाई समृद्ध नेपालको आकांक्षा पूरा गर्ने एक मात्र भरोसायोग्य शक्तिका रूपमा पुनः स्थापित गर्ने लक्ष्य दोहोर्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया