मन्त्री र सभामुखमाथि पोखरेलको आरोप : ‘सुशासनका नाममा धज्जी उडाइयो’

लोकपथ
455
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको टिप्पणी गरेका छन् । उनले सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको आरोप लगाएका छन् ।

सभामुखको सम्पत्ति विवरणमाथि प्रश्न उठाउँदै पोखरेलले श्रमिकबाट मालिक बन्नु अपराध नभए पनि विदेशमा कमाएको भनिएको सम्पत्ति कुन च्यानलबाट आएको हो भन्ने स्पष्ट हुनुपर्ने बताए । साथै, राज्यलाई कर तिरिएको छ कि छैन भन्नेबारे पनि जवाफ आवश्यक रहेको उनको भनाइ छ ।

उनले मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति आपत्ति जनाउँदै एमाले नेताहरू जुनसुकै अग्निपरीक्षाका लागि तयार रहेको दाबी गरे । तर ‘नयाँ भनिएका शक्तिहरू’ तयार छन् कि छैनन् भन्ने प्रश्न समेत उनले उठाए ।

पोखरेलले भने, ‘श्रमिकबाट मालिक बन्नु अपराध होइन, तर विदेशमा कमाएको भनिएको त्यो सम्पत्ति कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? सभामुखजीले यसको जवाफ दिनुपर्छ । सुशासन अरूलाई तर्साउन होइन, आफैँले पालना गर्नका लागि हो । एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार छन्, के नयाँ भनिनेहरू तयार छन् ?’

उनले केपी शर्मा ओली लाई लक्षित गरी कार्की आयोगलाई ‘प्रतिशोधको हतियार’ बनाएर दुःख दिने काम भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?