खनिजजन्य उद्योगबाट उठ्यो २ अर्ब १४ करोड राजस्व

लोकपथ
49
Shares

काठमाडौं ।  खनिजजन्य उद्योगबाट रु दुई अर्ब १४ करोड राजस्व असुली भएको छ । यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम आठ महिनाको हो । 

खानी तथा भूगर्भ विभागका अनुसार  चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम संकलन भएको हो । 

गत आवमा विभागले चुनढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट, तामा उत्खननको अनुमति दिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?