विदेश जानेक्रममा दुःख भएको गुनासोपछि अध्यागमनको स्पष्टिकरण : थप कागजात चाहिँदैन

लोकपथ
182
Shares

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यक कागजातबारे देखिएको अन्यौलता हटाएको छ ।

विभागले सूचना जारी गर्दै विमानस्थलबाट विदेश जान श्रमिकले थप बिल र रसिद जस्ता कागजात बुझाउनुपर्ने भन्ने कुरा गलत भएको स्पष्ट पारेको छ ।

विभागका अनुसार भिजिट भिसामा विदेश जाने नेपालीले कम्तीमा ६ महिनाको वैध राहदानी, गन्तव्य देशको टिकट, भिसा र स्वघोषणा मात्र भए पुग्नेछ ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि जाने श्रमिकले भने वैदेशिक रोजगार विभागको श्रम स्वीकृति र राहदानी भए पुग्नेछ । अतिरिक्त कागजात वा बिल–रसिद बुझाउन नपर्ने विभागले जनाएको छ ।

विभागले विदेश जाने यात्रुहरूलाई कुनै भ्रममा नपरी आवश्यक कागजात पूरा गरी ढुक्कसँग यात्रा गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?