काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आफ्नो पार्टीलाई पूर्वका राईहरूको मात्र पार्टी भन्ने गरिएको भ्रम गलत भएको स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उपसभामुख पदमा रुवीकुमारी ठाकुरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले पार्टी कुनै जात, धर्म वा भूगोलमा सीमित नरहेको बताए ।
उनका अनुसार श्रम संस्कृति पार्टीले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने लक्ष्य राखेको छ, जसअनुसार जात, धर्म र भूगोलका आधारमा विभाजित समाजलाई जोड्ने प्रयास भइरहेको छ ।
उपसभामुखका रूपमा मधेसको प्रतिनिधित्व हुने गरी ठाकुरलाई अघि सारिएको प्रसंग उल्लेख गर्दै उनले मधेस प्रदेश देशकै सबैभन्दा बढी जनसंख्या भएको तथा ऐतिहासिक रूपमा उत्पीडन भोग्दै आएको क्षेत्र भएकाले उक्त निर्णय गरिएको बताए ।
उनले लोकतन्त्रको सुन्दर पक्ष प्रतिस्पर्धा भएको भन्दै आफ्नो उम्मेदवारलाई समर्थन गर्ने सबैप्रति धन्यवाद समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया