काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा नेकपा एमालेले भाग नलिने निर्णय गरेको छ ।
उपसभामुख चयन प्रक्रिया अघि बढिरहेका बेला एमालेले निर्वाचनमा सहभागी नहुने जनाएको हो ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा श्रम संस्कृति पार्टीले उपसभामुख पद पाउने लगभग निश्चित भएको बताइएको छ । राजनीतिक सहमतिका आधारमा उक्त पार्टीको पक्षमा बहुमत जुट्ने देखिएको छ ।
उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएको छ । एमालेले भने ‘नो भोट’को नीति लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया