ज्ञानेन्द्र शाहीको टिप्पणी – ‘राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ’

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले आफूले राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ भन्ने पाठ आज सिकेको भन्दै सक्तापक्षप्रति आक्रोश पोखेका छन् ।

प्रतिनिधिसभाको बैठकमा उपसभामुखका उम्मेदवार सरस्वती लामालाई प्रस्ताव गर्दै सांसद शाहीले भने, ‘युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भन्ने पढेको र सुनेको थिए । अहिले राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछन् बुझ्ने मौका पाए ।’

उनले थप भनेका छन्, ‘आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर बनाएको छ । हिजो पूराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक–फरक भएता पनि उनीहरू बीचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इङ्कित गर्दै यस्तो बताएका हुन् । शाहीले बिहीबार लामिछानेले आश्वासन दिएपछि उपसभामुखमा लामाले उम्मेदवारी दिएको बताएका थिए । पछि रास्वपाले श्रम संस्कृति पार्टीबाट उपसभामुखका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

उनले राप्रपा प्रतिनिधि सभामा सङ्ख्यामा पाँच जना मत्रै भए पनि विचारमा बलियो रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?