कतारद्वारा ३ जना नेपालीलाई आममाफी

लोकपथ
126
Shares

काठमाडौं । कतारले ३ जना नेपालीलाई आम माफी दिएको छ । रमादानको अवसर पारेर उक्त आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको हो । 

कतारका आमिर शेख तमिम विन हमाद अलथानीले सो आममाफी दिएको मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

कतारको दोहा स्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई आममाफी दिलाउन सफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

यद्यपि, ती नेपालीहरू के कारणले जेलमा परेका थिए भन्ने विषयमा मन्त्रालयले खुलाउन छैन । साथै, उनीहरूको नाम पनि सार्वजनिक गरिएको छैन । आममाफी पाएका तीनै जना नेपाली हाल नेपाल फर्किने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । आममाफी दिएपछि नेपालले कतारलाई धन्यवाद दिएको छ ।

लामो समयदेखिको नेपाल र कतारबीचको कुटनैतिक सम्बन्ध प्रगाढ रहेको बताउँदै नेपालीले पाएको आममाफीबाट थप प्रगाढ रहने नेपालले विश्वास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?