काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशमा नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखी सन्तुलित कूटनीतिक सम्बन्ध अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । संघीय संसदका संयुक्त सदनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको भौगोलिक संवेदनशीलता र विश्व राजनीतिको प्रभावलाई मध्यनजर गर्दै सरकारले विश्वसनीय र सन्तुलित कूटनीति अवलम्बन गर्नेमा उनले विश्वास व्यक्त गरे । उनले विश्वमा देखिएका द्वन्द्व र अस्थिरताप्रति संकेत गर्दै उनले छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित हुनुपर्ने बताए । जलवायु परिवर्तनको मुद्दालाई प्रमुखताका साथ उठाउनुपर्ने उनको भनाइ छ ।
राष्ट्रपतिले भने, ‘जलवायु परिवर्तनले हामीलाई पारेको नकारात्मक प्रभावको असर न्यूनीकरण गर्न ’जलवायु न्याय’ का लागि सरकारले विश्व समुदायसँग उचित पहल गर्नेछ ।’
नेपालले भोग्नुपरेको वातावरणीय संकटको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा बलियो उपस्थिति जनाउनुपर्नेमा उनको जोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया