युवाको बढ्दो प्रतिनिधित्वले लोकतन्त्रप्रति आकर्षण देखायो : राष्ट्रपति पौडेल

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रपति   रामचन्द्र पौडेलले मुलुकको राजनीतिक प्रणालीप्रतिको जनअपेक्षा पूरा गर्न सरकार र संसद दुवै जिम्मेवार रहेको बताएका छन् ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले हालै सम्पन्न निर्वाचनमार्फत गठन भएको प्रतिनिधि सभामा युवा प्रतिनिधित्व उल्लेखनीय रूपमा बढेको उल्लेख गरे । 

यसले संघीय लोकतान्त्रिक शासन प्रणालीप्रति युवा पुस्ताको विश्वास र सहभागिता सुदृढ भएको संकेत दिएको उनले बताए ।

राष्ट्रपति पौडेलले नागरिकले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, विधिको शासन, दण्डहीनताको अन्त्य, रोजगारी सिर्जना, सामाजिक न्याय तथा आर्थिक–सामाजिक विकासलाई प्रमुख अपेक्षाका रूपमा अघि सारेको उल्लेख गरे ।

उनले विभिन्न कालखण्डमा भएका आन्दोलन र पछिल्लो पटक युवापुस्ताको आन्दोलनले पनि यही जनअपेक्षालाई प्रतिबिम्बित गरेको भन्दै राज्यले त्यसअनुसार नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।

उनका अनुसार निर्वाचनमार्फत युवाको उल्लेखनीय सहभागितासहित प्रतिनिधि सभा गठन हुनु संघीय लोकतान्त्रिक शासन व्यवस्थाप्रति युवाको आकर्षण, विश्वास र नेतृत्व विकासको स्पष्ट संकेत हो ।

राष्ट्रपति पौडेलले जनताको चाहना पूरा गर्न नागरिक केन्द्रित, जनकल्याणकारी कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु राज्यको मुख्य दायित्व भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?