काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले मुलुकको आर्थिक विकासका लागि स्पष्ट कानुनी व्यवस्था, पर्याप्त पूर्वाधार र सहज वित्तीय पहुँच आवश्यक रहेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७५औँ वर्षगाँठ (हिरक जयन्ती) का अवसरमा आयोजित कार्यक्रममा उनले दक्ष जनशक्ति विकास बिना दिगो आर्थिक वृद्धि सम्भव नहुने उल्लेख गरे ।
मल्होत्राले आत्मनिर्भर, समावेशी र दिगो अर्थतन्त्र निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउँदै कृषि क्षेत्रको आधुनिकीकरण, उद्योगको विविधीकरण, पर्यटन विस्तार र सूचना प्रविधिमा लगानी वृद्धि गर्नुपर्ने बताए ।
नयाँ पुस्तालाई उद्यमशीलतातर्फ आकर्षित गर्न स्टार्टअप संस्कृतिको विकास अपरिहार्य रहेको उनको भनाइ थियो । प्रविधिमा आधारित व्यवसाय प्रवर्द्धनका लागि सरकारी, निजी तथा अन्य सरोकारवाला निकायबिच सहकार्य आवश्यक रहेको उनले बताए ।
उनले भने, ‘आजको विश्व प्रतिस्पर्धात्मक छ । हामी परम्परागत सोच र कार्यशैलीमा सीमित रहनु हुँदैन । समयानुकूल नवप्रवर्तन, डिजिटल रूपान्तरण र दिगो विकासतर्फ उन्मुख हुन आवश्यक छ । नयाँ पुस्तालाई उद्यमशीलता आकर्षित गर्न स्टार्टअप संस्कृतिको विकास गरिनुपर्छ । प्रविधिमा आधारित व्यवसायलाई अघि बढाउन सबैले सहकार्य गर्न जरुरी छ ।
परम्परागत सोच र कार्यशैलीमै सीमित रहँदा आर्थिक प्रगति सम्भव नहुने उल्लेख गर्दै उनले समयानुकूल नवप्रवर्तन र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया