पोखरामा भएको महिला हत्यामा संलग्न दुई जना पक्राउ

लोकपथ
812
Shares

कास्की । गत चैत २५ गते पोखराको सभागृह चोकमा भएको महिला हत्यामा संलग्न दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । २५ गते साँझ खुँडा प्रहार गरी हत्या गरिएकी सिर्जना पौडेल केसीमाथि आक्रमण गर्ने दुई व्यक्तिहरूलाई पक्राउ गरी सार्वजनिक गर्न लागिएको हो ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार हत्यामा संलग्न दुई जनालाई कास्की र रुपन्देहीबाट पक्राउ गरिएको छ । अहिले केही बेरमा यसबारेमा जानकारी दिने तयारी गरिएको छ ।

गत चैत २५ गते बुधबार साँझ ७ बजेर ६ मिनेटको समयमा पृथ्वी चोकको सडकपेटीमा उभिइरहेकी सिर्जनामाथि एक व्यक्तिले खुँडा प्रहार गरेका थिए । खुँडा प्रहार भएपछि चिच्याउँदै ढलेकी सिर्जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा पुराइए पनि अत्यधिक रक्तस्रावका कारण साँझ ८ बजे उनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?