काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पतालहरूले पनि आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णय गरेसँगै मन्त्रालयले विज्ञप्ति निकालेर सो निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबारको हकमा कामको भार र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्न भनिएको छ ।
विज्ञप्तिमा कर्मचारीलाई शनिबारबाहेक सातामा अर्को एक गरी दुई दिन बिदा दिने व्यवस्था गर्न र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदाको व्यवस्था गर्नुपर्ने भनिएको छ ।
प्रादेशिक अस्पतालहरूमा पनि यो व्यवस्था लागू हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया