संसदका दुवै सदनको अधिवेशन अन्त्य

लोकपथ
1k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्ने गरेका छन् ।

चैत २७ गते राति १२ बजेबाट संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् ।

शुक्रबार संयुक्त सदनलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्दैछन् । भोलि नै उपसभामुखको निर्वाचनको मिति समेत तोकिएको छ ।

आज राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै भोलिबाट अधिवेशन अन्त्यको घोषणा गरिएको हो ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१२र–४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रबार राती १२ः०० बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?