भेप तस्करी प्रकरणमा पूर्वसभामुख महरामाथि भ्रष्टाचार मुद्दा दायर हुँदै

लोकपथ
175
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ । मुद्दा दायरका लागि अख्तियारका कर्मचारीहरू आवश्यक कागजात लिएर विशेष अदालत पुगिसकेका छन् । अहिले विवरण रुजु गर्ने काम भइरहेको जनाइएको छ । 

महरा यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेपबाट हुने गरेको सुन तस्करीमा जोडिएका थिए । यो प्रकरणमा संलग्न चिनियाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा लैजाने निर्णय गरेको बताइएको छ । 

सो गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्राउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । त्यसपछि भएको अनुसन्धानमा महरा र उनका छोरा राहुललगायतको संलग्नता खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?