काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया वास्ना माया योञ्जन, चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखाको भीमेश्वर नगरपालिका–४ का सुष्मा तामाङ र धादिङको थाक्रे गाउँपालिका–७ का ४२ वर्षीय हरिशम्शेर रायमाझी रहेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
अभियुक्तहरूले प्रलोभनमा पारेर नाबालिगलाई वेश्यावृत्तिमा लगाएको तथा केहीलाई हङकङमा आकर्षक तलबमा बेयराको काममा लगाइदिने प्रलोभनमा पारी कम्बोडिया पुर्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया