असनमा हरेक शनिबार गाडी निषेध, वैशाख ५ देखि लागू हुने

लोकपथ
154
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रमा हरेक शनिबार सवारी साधन प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । 

वैशाख ५ गतेदेखि लागू हुने उक्त निर्णय असन क्षेत्रको मौलिक, सामाजिक, सांस्कृतिक तथा व्यापारिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो ।

कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

 बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडा अध्यक्ष योगेश खड्गी, प्रशासन विभाग प्रमुख महेश काफ्ले लगायत सरोकारवाला निकाय, स्थानीय संघसंस्था तथा समुदायका प्रतिनिधिहरू सहभागी थिए ।

बैठकमा कार्यवाहक प्रमुख डंगोलले स्थानीय सहभागिता र अपनत्वका आधारमा कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिँदै सुरु गरिएका कार्यलाई दिगो बनाउँदै आवागमन, स्थानीयबासीको सहजता र सुरक्षालाई प्राथमिकतामा राखेर सञ्चालन गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?