काठमाडौं । उपसभामुखबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन श्रम संस्कृति पार्टीलाई हुने भएको छ ।
यसअघि राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले आफूहरुलाई रास्वपाको समर्थन रहने बताएका थिए । राप्रपाले उपसभामुखमा सरस्वती लामालाई अघि सारेको र उपसभामुखका लागि उम्मेदवारी समेत दर्ता गराइसकिएको छ ।
तर यता रास्वपाले भने उपसभामुखमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर (धनुषा) लाईं समर्थन गर्ने जनाएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले रास्वपाको समर्थन श्रम संस्कृती पार्टीलाई रहने र रवीको समर्थकमा रास्वपाका सांसद अशोककुमार चौधरी रहने बताए ।
‘प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन श्रम संस्कृति पार्टीका सासंद माननीय रुवि कुमारी ठाकुर (धनुषा) लाई रहने निर्णय भएको छ। यसको समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरी रहनुहुनेछ,’ प्रवक्ता झाले बताएका छन् ।
यसअघि नै सभामुखमा रास्वपाका उपसभापति रहेका डीपी अर्याल निर्वाचित भइसकेका छन् ।
संघीय संसद सचिवालयमा लामा र ठाकुरले उम्मेदवारी समेत दर्ता गराइसकेका छन् ।
शुक्रबारका लागि उपसभामुखको निर्वाचनको मिति तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया