काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ९९ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४३ सयले घटेर २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५० रुपैयाँले घटेको हो । अघिल्लो दिन ५ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
गत मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१३ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया